Pages

Saturday, January 31, 2015

गजल

कहिले यता कहिले उता ए चंञ्चली मोरी 
कती गर्छौ चुलबुल चुलबुल ए नक्कली मोरी!!

सम्हालेर राखेको थें चोरी लग्यौ मुटु 
लुट बरु लुटाउँछु ए पातली मोरी !!

जहाँ जहाँ टेक्छ्यौ पाउ थापी दिउँला छाती 
लाग्छ जाती गर्दा तिम्ले ढलीमली मोरी!!

अँटाउन सक्छ्यौ तिमी नजर भित्रै बसे 
बनी छाडा नजाउ टाढा आँखा छली मोरी!!

यो मुटु जल्छ हरहरी कर्के नजर लाउँदा 
कती मर्नु आगो बिनै जलीजली मोरी!!

जीतु खड्का गाउँले
मोरंग उर्लाबारी 
हाल साउदी अरब
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: