Pages

Saturday, February 07, 2015

गजल

सम्हालेर राख्दा राख्दै खती भयो जिन्दगी 
जोख्छु धार्नी कि बिसौली कती भयो जिन्दगी!१!

बालक थिएँ युवा भएँ यसरी म सोच्दै छु 
तोला बाट आना हुँदै रती भयो जिन्दगी !२!

गरिवीमा पिल्सी मर्ने कहिले होला अन्त्य?
खान नपाई मर्नु पर्ने सती भयो जिन्दगी!३!


म दुई कदम अघी बड्छु चार कदम समय 
हर हमेसा कछुवाकै गती भयो जिन्दगी !४!

छोट्याइ दिए हुन्थ्यो आयु भाग्य लेख्ने विधाताले 
अभाबमा जिउनु पर्दा अती भयो जिन्दगी !५!

जीतु खड्का गाउँले 
मोरङ उर्लाबारी 
हाल-साउदी अरब
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: