हिड्दै छु शरीर यो मधौरो लिएर
हातमा जीवनको कटौरो लिएर !!
म खोज्दै छु खुशी अध्यारो जगतमा
निभेको दीयो र धुपौरो लिएर !!
निभेको दीयो र धुपौरो लिएर !!
निस्किए सफर गर्नु जीवनको
गरीवीको पोको पत्यौरो लिएर !!
गरीवीको पोको पत्यौरो लिएर !!
जित्नु छ जीवन एक खुट्टै टेकेर
साहारा बैशाखी यो लौरो लिएर !!
काफी छन आँखा ई आँशु सम्हाल्न
भो नआउ समिप कचौरो लिएर !!
भो नआउ समिप कचौरो लिएर !!
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish
0 सुझाबहरु:
Post a Comment