Pages

Friday, April 24, 2015

गजल (ट्वाँ पार्छन)

संस्कारको हलो नार्छन् यो शहरका नारीहरुले 
लोग्ने चै'को झाँको झार्छन् यो शहरका नारीहरुले!!

आफन्तमा शोख पर्दा पार्टी गर्छन रेस्टुराँमा 
कुकुर मर्दा झुठो बार्छन् यो शहरका नारीहरुले!!

मध्य राती धर्खरिदै भित्तो छाम्दै आउछन् अरे 
हँन के चै खालो सार्छन् यो शहरका नारीहरुले !!

लाउनेले त लाउछन् यहाँ लाजशर्म पचाएरै 
हेर्नेलाइ पो ट्वाँ पार्छन यो शहरका नारीहरुले!!

सभ्यताको पाठ घोकाइ पाखे भन्ने उपमा दी
गाँउलेलाइ घोची मार्छन् यो शहरका नारीहरुले!!

जीतु खड्का गाउले 
मोरंग उर्लाबारी 
हाल साउदी अरब 
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: