Pages

Friday, April 24, 2015

गजल

कहिले दु:ख कहिले खुशी अनुसन्धान् गरिहेर्दा 
यस्तै भेट्यो यो जिन्दगी अनुसन्धान् गरिहेर्दा!!

आफ्नै तालमा बगि रहन्छ किनरामा उभ्भीहेर्छु 
जीवन जस्तै लाग्यो नदी अनुसन्धान् गरिहेर्दा!!

अलिक ठुलो पागलखाना बनाइ दे न सरकार 
राख्नु छ यि नेता जती अनुसन्धान् गरिहेर्दा!!

भ्रस्टचार नगरी त बन्दैन यो महल यत्रो 
पत्ता लाग्छ अलिकपछी अनुसन्धान् गरिहेर्दा!!

हरेक साल ऋणमाथी ऋण थप्छ सरकारले 
डुबाउने भो धोतीटोपी अनुसन्धान् गरिहेर्दा !!

जीतु खड्का गाउँले 
मोरंग उर्लाबारी 
हाल साउदी अरब
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: