Pages

Friday, April 24, 2015

गजल

संधै बन्द संधै हड्ताल संधै चक्काजाम 
नेपालीको उत्सब हो मनाउँ धुमधाम !!

अस्पातलको शैया माथि छट्पटिदा रोगी 
डाक्टर दौडे आन्दोलनमा हरे राम राम!!

मसाल बोकी आएका थे नारा लगाउदै 
बेगारी पो रैछन मोरा रैन रैछ काम !!

रुँदै सुते लाला बाला भोक भोकै हिजो 
दिनभरि कमाएर खुवाउथे सुभ साम!!

न त खर्क बन्द कहिले न त बन्द टार 
त्यसैले त प्यारो लाग्छ मलाई मेरै गाम!!

जीतु खड्का गाउले
मोरंग उर्लाबारी
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: