Pages

Friday, April 24, 2015

गजल

रिसाउदा मायाँ गरी फकाउँला प्रिये 
आफू रुदै भए पनि हँसाउला प्रिये!!

लड्न दिन्न तिमीलाई थामेपछि हात
लर्बरिदै लढ्न लागे उठाउँला प्रिये !!

हुन्छ मात्र भन तिमी अनुमती पाए 
पिरतीको सानो झुप्रो बनाउँला प्रिये!!

पिरतीको हाम्रो झुप्रो कुनै दिन चुहे 
तिमी खर काटी दिनु म छाउँला प्रिये!!

जब यहाँ तिम्रो मेरो सानो संसार हुन्छ 
एक अर्काको बाहुपासमा रमाउँला प्रिये!!

जीतु खड्का गाउले
मोरंग उर्लाबारी
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: