Pages

Sunday, June 28, 2015

गजल

जुध्दा नजर संग नजर अचम्मै भो गाँठे 
मुटुमा पो पर्‍यो असर अचम्मै भो गाँठे!१!

हराको छ निन्द्रा मेरो देखे देखी उन्नलाइ 
कोल्टे फिर्दै बित्छ प्रहर अचम्मै भो गाँठे!२!

जिस्काउनै हुँदैन थ्यो बिद्रोही झै गर्थि
उ पनि त भैछे मथ्थर अचम्मै भो गाँठे!३!

एकै छिन नदेख्दा नि बर्षौ बिते जस्तो 
घरी घरी सोध्छे खबर अचम्मै भो गाँठे!४!

प्रश्न गर्छु आँफै सँग बौलाए कि भन्दै 
भेट्दिन खै केही उत्तर अचम्मै भो गाँठे!५!

जीतु खड्का गाउँले
मोरंग उर्लाबारी 
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: