Pages

Sunday, June 28, 2015

मातेको बेला के भने के भने ..................

एक दिनको कुरा हो !एउटा मुसा र अर्को बिरालोको जम्का भेट भएछ ! मुसालाइ देख्ने बित्तिकै बिरालोले झम्टेछ ! 
मुसोले पनि आफ्नो ज्यान जोगाउन प्राणले धानुन्जेल भाग्ने भएछ ! भाग्दा भाग्दै एउटा भट्टीको कोठामा पसेछ !
मुसो अघी अघी बिरालो पछी पछी डरले दौडिने हुँदा बिचरो मुसो भाते जाँडको घ्याम्पा भित्र खसेछ ! 
त्यसै त जाँड गनाउने अब भित्रै छिर्दा जाबो २०० ग्राम तौल भएको मुसो मर्नु न बाँच्नु भएछ !
 एक कुन्टल ज्यान भएको मान्छेलाइ फनफनी घुमाउछ जाँडले भने जाबो २०० ग्रामको मुसो ..................
मुसोले बिरालो सामु बिन्ति गरेछ ! लौ बिरालो ज्यु जसरि नी म मर्ने नै भँए बाहिर निस्के तिमीले खान्छौ यहाँ बसे निसास्सेर नै मर्छु ! यहाँ मर्नु भन्दा निकाल मलाइ तिमीलाई जसरि मन लाग्छ त्यसरी नै खाउ बोरु भनेर
बिरालो संग मुसाले वाचा गरेपछी बिरालोले तन्केर घ्याम्पामा हात हालेर मुसोलाइ घ्याम्पा वाट बाहिर निकाल्यो
मुसो जाँडको गन्धले खाइ सक्नु थिएँन ! बिरालोले भन्यो हैट कती साह्रो गनाएको धारामा लगेर धोएर घाममा सुकाएर खान्छु तँलाइ मुसो तैले वाचा गरीसकेको छस
मुसाले नी मन्जुरी दियो यो गन्धले त्यसै मर्न लागेको छु तिमीले धोइ पखाली गरे एकछिन भए नी मेरो आयु लामो हुन्छ भनेर 

बिरालोले धारामा मुसालाइ पल्टाइ पल्टाई धोएर घाममा सुकाएर बिरालो अलिक पर शितलमा बस्यो मुसो सुक्ने प्रतीक्षामा ! मुसो सुक्न मात्र के लागेको थ्यो बिरालोलाइ हेरेर सुइकुच्चा ठोक्यो दुलो तीर १२० किलोमिटर प्रती घन्टाको रफ्तारमा
पर शितलमा बसेको बिरालो भन्दै थियो पर्खी पर्खी तैले वाचा गरीसकेको छस नभाग भनेर
मुसोले के सुन्थ्यो बल्ल नयाँ जीवन पाएको छ ! बाच्ने रहर सबैलाई हुन्छ ! मुसो दुलो भित्र छिर्यो ! दिन बित्दै गए दिन बित्दै गए
२ महिना पछाडी फेरी अचानक त्यही मुसो र बिरालोको जम्का भेट भएछ ! बिरालोले खबर्दारी गर्दै भनेछ हेर मुसो नभाग तैले मलाइ जसरि खाए नी खा भनेको छस भन्दै
मुसोले बिर्से जस्तो गरेर भन्यो कहिले मैले त्यस्तो वाचा गरे ?
बिरालोले याद दिलाउदै भनेछ
जून दिन तँ जाडको घ्याम्पा भित्र झरेको थिस त्यो दिन वाचा गरेको तैले
फेरी मुसाले संम्झे जस्तो गरेर भनेछ अ ......................
ह्या बिरालो तिमी पनि कस्तो कुरा गर्छौ त्यो जाडको घ्याम्पा भित्र खसेको दिन
म मातेको थिए ! मातेको बेला के बोले के बोले नी मातेको बेलाको वाचा वाचा हुदैन भन्दै फेरी सुइकुच्चा ठोकेर ज्यान बचायो

आरे यार मातेको बेला के बोलिन्छ के बोलिन्छ किन रिसाउछौ तिमी पनि म संग प्रिए:P
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: