Pages

Sunday, March 11, 2018

गजल

रमाइलो त त्यतीबेलै सानो हुँँदा हुन्थ्यो 
घुर्क्याउदै आमा बुवा सँग रुँदा हुन्थ्यो!!

साँच्चै गायब हुदो रहेछ ठुलो भएपछी 
सानो हुँदा खुशी बा को औंला छुँदा हुन्थ्यो !!

बा लाई पो चिन्ता हुन्थ्यो बर्खा लागे पछी 
रुज्न पाउथे मलाई खुशी छानो चुँदा हुन्थ्यो!!

आफन्तले लगाएका दाग मुटुभरी छन् 
सम्हालेर राखेको छु हुन्थ्यो धुँदा हुन्थ्यो !!

बा भन्नुहुन्छ जीवनसँग सम्झौता हुन्न 
सम्झौता भा हस्ताक्षर हुन्थ्यो बुँदा हुन्थ्यो !!

जितु खड्का गाँउले 
मोरङ उर्लाबारी 
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: