कती बस्छौ प्रदेस मा'नै प्यारी भन्छे कहिले आउने हो ?
दौरा फाट्छ हरेक साल,नयाँ किन्ने सपना अधुरो भो
मैले पनि फरिया नयाँ प्यारी भन्छे कहिले लाउने हो ?
खस्यो नानी पोहोर साल,कहाँ पोखु बेदना छछल्किन्छ
बंश धान्ने चाइयो अरे प्यारी भन्छे कहिले पाउने हो ?
आयो दसैं तिहार पनि बाटो हेरी टोलाई बस्छु भन्थी
हामी पनि देउसी भैलो प्यारी भन्छे कहिले गाँउने हो ?
जीतु खड्का
मोरङ उर्लाबारी
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

Kathmandu 
0 सुझाबहरु:
Post a Comment