Pages

Wednesday, December 29, 2010

पर्यो कि?

मैले देको माया देख्ने तिम्रो आँखा फुलो पर्यो कि ?
मैले देको माया राख्ने तिम्रो मुटु दुलो पर्यो कि?



किन लिन्छौ तिमी जहिले पनि मायाको परिक्षा


मैले दिएको विश्वासमा'नै कतै धुलो पर्यो कि?


कती जोख्छौ तुलो भित्र हाली सुन जाच्ने कसीले

सुन जोख्ने तराजुमा मेरो माँया लुलो पर्यो कि ?


हुन्न भन्थे जात भात साँचो माया गर्ने मान्छे ले
मेरो माँया सानो पर्‍यो तिम्रो माया ठुलो पर्यो कि?

जीतु खड्का
मोरङ उर्लाबारी

Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: