Pages

Sunday, July 31, 2011

गित

सानुमा सानु चोयाको डोको काम्रो त मालिङो
मनको कुरा गीतैमा पोख्दा हुन्थ्यो कि हलुङो
.......................................................................

......................................................................
देउराली डाँडा लाँकुरी भञ्ज्याङ देख्दै'छु सुनसान
मायाको पिरले चर्किन्छ छाती सुक्दै'छ यो ज्यान
दुई दिने चोला मरे के होला छैन नि केही टुङो
अतितलाई संम्झे मुटु नै काम्छ हल्ले झै झोलुङो
सानुमा सानु चोयाको डोको काम्रो त मालिङो
मनको कुरा गीतैमा पोख्दा हुन्थ्यो कि हलुङो
......................................................................

.................................................................

टाढिनु रै'छ  मिलन हाम्रो भाग्यमा थिएन
मर्ने र बाँच्ने कसम त खायौ कर्मैले दिएन
माँयाको नाम कोर्दथ्यौ हामी टिपेर चुनढूङो
चटक्कै बिर्सी छाडेर जादा हुँदैछु अपाङो
सानुमा सानु चोयाको डोको काम्रो त मालिङो
मनको कुरा गीतैमा पोख्दा हुन्थ्यो कि हलुङो
.................................................................

..............................................................
जीतु खड्का (गाँउले )
मोरङ उर्लाबारी


Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: