Pages

Saturday, December 17, 2011

चिठ को नतिजा


एउटा मान्छे जागिरको लागि इन्टरभ्यु दिन गएछ तर उसलाइ केहिपनि आउदैन रै छ र उसले भर्खरै इन्टरभ्यु दिएर बाहिर निस्केको मान्छेलाइ के के सोधयो भनेर सोधेछ
उसले भनेछ
१)नेपालको प्र. म. को हुन? उत्तर गिरिजा प्र कोइराला
२) नेपालमा प्रजात्रन्त कहिले आएको थियो?
उत्तर: प्रयास धेरै अगाडि देखि गरेको हुन सफलता चै २००७ साल मा पाए
३)चन्द्रमा मान्छे छ ?
उत्तर: साइन्टिस्टहरु  तेसै भन्छन  अनुसन्धान  भै रहेको छ

र पहिको मान्छेको प्रश्नलाइ ध्यान नदिइ उत्तर कण्ठ पर्न थालेछ
जब उसको पालो आयो उ गएछ र उसलाइ प्रश्न सोधिएछ

१)तपाइको नाम
उत्तर: गिरिजा प्र कोइराला
२)हो र ? कहिले जन्मनु भो?
उत्तर:प्रयास धेरै अगाडि देखि गरेको हुन सफलता चै  २००७ साल मा पाए
३)तपाइ पगाल होकि के हो?
उत्तर:साइन्टिस्टहरु  तेसै भन्छन  अनुसन्धान  भै रहेको छ

Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: