Pages

Monday, January 02, 2012

गजल२ (कमेडी )

टाढा हुँदा अग्ली छेवै  बाट डल्ली रै'छे मोरी 
मिठा मिठा कुरा गर्थी सार्है खल्ली रै'छे मोरी !! 

नसक्नु कि रै'छे काली बानी रै छ उरन्ठ्याउले 
जता राम्रा उतै ठीक्क हेत झल्ली रै'छे मोरी

कम्मर त्यो छिनेको थ्यो पिडौला त जुरेलिकै
सुकेनास लागे पनि सार्है बल्ली रै'छे मोरी !!

कुमै जोडी बसेका थे कसरी पो चिन्नु त्यहा
शंक्का गर्दै ओल्ली ठाने मैले पल्ली रै'छे मोरी!!

जवान पो ठान्थी मोरी कुर्ली कुर्ली हिन्थी सधैं
पोथी संम्झी कुर्लिए म ब्यार्थै चल्ली रैछे मोरी!!


========================

कस्ती रै'छ निस्ठुरी त प्याट्ट जिब्रो पड्काएर गै 
चोथाले पो रै'छे मोरी थुतुनो पो फड्काएर गै !! 


एउटी त परेकी थि मेरो माया जाल भित्र 
बुन्दै थिए माँयाजाल नक्कलीले भट्काएर गै !!


के ट्वाल्ल परि हेर्नु हान्ने भैशी ले झैँ गरि 
ती किचिला परेका तेस्का टोड्का आखा टड्काएर गै !


के भो मेरो गल्ती त्यस्तो आँखा मात्रा सन्काए थे 
झटारले भ्वाक्क हानी ढाड सड्काएर गै !!

जीतु खड्का (गाँउले )
मोरङ उर्लाबारी
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: