Pages

Wednesday, January 04, 2012

गजल

कोपिलामै झरी सके,फूल्न कहाँ सक्छु र म
उनी बिना अपाङ्गो छु ,डुल्न कहाँ सक्छु र म !!


चुलेसिमा रेट्यौ किन खुशी सारा बटुलेर
अचानो'भो छाती मेरो,भुल्न कहाँ सक्छु र म !!



खडेरिले सुक्यो मुल आशा मर्यो मझेरी मै
लह लह गर्हा भित्र झुल्न कहाँ सक्छु र म !!


अटुलो छु बिटुलो छु आँफै म त अधुरो छु
मधुरो त्यो दुनियाँमा घुल्न कहाँ सक्छु र म !!


नमाग भो बास अब चर्किएको छाती भित्र  
चिरा पर्या हृदयमा हुल्न कहाँ सक्छु र म !!


जीतु खड्का (गाँउले )
मोरङ उर्लाबारी
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: