Pages

Monday, February 06, 2012

२ मुक्तक

                      मुक्तक १

अलमल्ल परेछौ नि गन्तब्य नै बिर्सियौ कि ?
अकमक्क परेछौ नि मन्तब्य नै बिर्सियौ कि ?
बाध्यताको कुम्लो बोकी दोबाटोमा हल्लीदै छौ
नतमस्त हुँदै छौ नि कर्तब्य नै बिर्सियौ कि ?


                 
                    मुक्तक २

माँयाको दैलो उघारै छोडे पसिछौ खुसुक्कै
रसिलो माँया साटेर फेरी बसिछौ टुसुक्कै
मोहोनी बोली लाएर गयौ मै भए भुतुक्कै
खोलेर मुख मिलाई दाँत हाँसिछौ मुसुक्कै !!


जीतु खड्का गाउले
मोरङ उर्लाबारी
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: