Pages

Tuesday, February 07, 2012

गजल

स्वागत छ यहाँलाई गाँउलेको बसेरामा
हजुर नी रमे हुन्छ आफ्नै भिर पखेरामा !!



निदाउन कहाँ सकें छट्पटिमै रात बित्यो
तिमी लाई भेट्न आए मिर्मिरेको सबेरामा!!


भुल्न कहाँ सक्छु र म अँगालोको कथा हाम्रो
फेरी पनि भेटे हुन्थ्यो खोलापारी कटेरामा !!


हात मागें साथ देउ कती हुनु एक्ले वर
संगै हिडौ दु:ख सुख जिन्दगीको अफ्टेरामा!!


जीतु खड्का गाउले
मोरङ उर्लाबारी

Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: