Pages

Monday, April 02, 2012

गजल १८


बैस आयो कठैबरा ! कनाएर बस्यौ
भरिएका हाँडा भाँडा खानाएर बस्यौ ! !

जवानीमा मख्ख भयौ ढल्की गयो बैश
बुढी कन्या माइतमा नै गनाएर बस्यौ !!

हाँसी मजा गरेको थे खै के संम्झ्यौ
बिहे गर्ने योजना पो बनाएर बस्यौ !!


राम्री केटि घमण्डी कि मुर्ख हुन्छे भन्थे
ए नि लै लै आफ्नो जात जनाएर बस्यौ !!

अभागिनी रैछौ तिमि दु:ख पायौ सार्है
दुखी रै'छौ आफ्नो मन मनाएर बस्यौ !!

जीतु खड्का गाउले
मोरङ उर्लाबारी
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: