कती बाँच्नु अझै मैले बिरानो यो देशैमा
कती नाच्नु अझै मैले प्रदेशीको भेषैमा !!
सँघर्षको मैदानमा टेकेर त्यो बैसाखी
नसके नि दौडेकै छु जिन्दगीको रेसैमा!!
दु:ख भन्दा जिन्दगीले के दियो र मलाई ?
जिन्दगीको हिसाब गर्दा सुन्य भेटे शेषैमा!!
खाली छ रे आज मेरी मायालुको चुल्ठी त्यो
गुराँस को फूल टिपी सिउरी दिन्थे केशैमा!!
साथ हुँदा आधा पेट बाँडी खान्थ्यौ मिलेर
दु:ख सुख जिएकै थ्यौ खुशी थियौ त्यसैमा!!
जीतु खड्का गाउले
मोरङ उर्लाबारी
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish
Kathmandu 
0 सुझाबहरु:
Post a Comment