म हिंडेको बाटोमा हिन्नै पर्छ भन्दिन म !१!
आफ्नो आफ्नै भाउ छ ब्यापारीको बजारमा
मेरै भाउ हालेर किन्नै पर्छ भन्दिन म !२!
तिमी पनि रमाउ झुटो खुशी बटुलेर
खुशी तिम्रो ओठको छिन्नै पर्छ भन्दिन म!३!
सम्रचना तोडेर कोरिएका तिम्रा गजल
नियमको घट्टोमा पिन्नै पर्छ भन्दिन म!४!
जसो तसो गजल कोर्छु फुर्सद हुँदा म'नी
साहित्यमा तिमीले गिन्नै पर्छ भन्दिन म !५!
जीतु खड्का गाउले
मोरङ उर्लाबारी
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish
Kathmandu 
0 सुझाबहरु:
Post a Comment