जाल बुन्ने माकुरिले संसार जेली सक्यो
पापी बस्ने दुनियाँले पापमा ठेली सक्यो
मोक्ष प्राप्ती कहाँ हुन्छ फूलपाती चडाएर
ताली पिट्दै हाँस्छ बैरी दाजुभाइ लडाएर
दु:ख सुख जिन्दगीले हजार झेली सक्यो
पापी बस्ने दुनियाँले पापमा ठेली सक्यो ||
अन्जानैमा मैले पनि बाटो बिराए कि?
धर्ती माता रोको देख्छु माटो पिराए कि ?
जाली तिम्रो पिरतिको खेलले खेली सक्यो
पापी बस्ने दुनियाँले पापमा ठेली सक्यो||
जाल बुन्ने माकुरिले संसार जेली सक्यो
पापी बस्ने दुनियाँले पापमा ठेली सक्यो||
जीतु खड्का गाउले
मोरङ उर्लाबारी
हाल साउदी अरब
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish
Kathmandu 
0 सुझाबहरु:
Post a Comment