Pages

Tuesday, December 23, 2014

गजल

झर्छ आँशु  अतितका बातहरु सम्झिएर 
बिदाइमा हल्लिएका हातहरु सम्झिएर !!

छट्पटिमै कोल्टे फिर्दै भाले बास्छ बिहानीको 
अलाङिनमा बिताएका रातहरु सम्झिएर !!

एकै चिम्टी सिन्दुरले अडिएको नाता देख्दा 
मुस्कुराउछु ई नारिका जातहरु देखेर !!

टुहुरो  म किन भैन भगवान सँग प्रश्न गर्छु 
आफन्तले दिएका ति घातहरु सम्झिएर !!

बर्षौ देखी मुग्लानी भै बाँचेको छ गाउले याँ
गरिवीले दिएका ति खातहरु सम्झिएर !!

जितु खड्का गाउले 
मोरङ उर्लाबारी 
हाल साउदी अरब 
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: