Pages

Tuesday, December 23, 2014

गजल (बदमाश )

नजरैले हान्दा गोली बदमास भनिन उन्ले 
पिरतिको थाप्दै झोली बदमास भनीन उन्ले!!

बसमा थेंन मेरो यो मन अँगालोमा हुदा ऊनी
ताँने तुना खुस्क्यो चोली बदमास भनिन उन्ले!!

ऊनी हिड्ने गोरेटोमा फूल बिछ्याई दिए मैले 
के के गर्छौ आज भोली बदमास भनिन उनले!!

यौबनको रङ घोली पिच्केरीले छिटा हान्दा 
हान लोला खेल होली बदमास भनीन उन्ले!!

जुनी भरी सहन्छु म कती गर्छौ उपद्रो त्यो 
बोरु लैजाउ आँगन पोली बदमास भनिन उन्ले!!

जितु खड्का गाउले 
मोरङ उर्लाबारी 

हाल-सौदी अरब 
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: