Pages

Saturday, January 31, 2015

गजल

आफ्नै घर अंश लाग्दा कोठा कसो नपाईएला?
सिंगो कोठा नपाए'नी चोटा कसो नपाईएला?

रिती रिवाज भाषा भेष पहिचान बाड्दै आयो सरकार 
थाप्न जान्छु धोती कछाड भोटा कसो नपाईएला?

खान दे'न त्यो तन्त्रले पौरख पोख्छु पखेरामा
मैले खाने आँटो पिठो रोटा कसो नपाईएला?

उपियाँ झै चुसीचुसी यो देशलाई बनाउ जोगी 
भिक्षा थाप्न कमाण्डलु लोटा कसो नपाईएला?

गरे गर मरे मर ए देशका गद्दार हो 
श्रर्दाञ्जली अर्पण गर्न फोटा कसो नपाईएला?

जीतु खड्का गाउँले
मोरंग उर्लाबारी 
हाल साउदी अरब
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: