Pages

Monday, January 19, 2015

गजल

जुध्यो नजर नजर संग र'पो बबाल'भो 
दरार भो  अधर संग र'पो बबाल'भो!!

स्वीकारे'न समाजले हाम्रो चोखो मायाँ 
दुस्मनी भो शहर सँग र'पो बबाल'भो!!

बियोगको यौटा गजल सुनाएर गयो 
बिमती थ्यो अक्षर सँग र'पो बबाल'भो!!

खुशी खोज्न शहर तिर छिरे पछी मेरो 
टुट्यो नाता गाँउ घर सँग र'पो बबाल'भो!!

जहाँ जान्छु लाग्छ ठेस पुर्पुरो मै मेरो 
अभागी यो खप्पर सँग र'पो बबाल'भो !!

जीतु खड्का गाउँले
मोरंग उर्लाबारी 
हाल-साउदी अरब
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: