Pages

Saturday, August 10, 2019

गाँउलेका ५ गजल

गजल
सरक सरक पार्दै सारी साँझ पर्दा नआउ 
एक्लो छु म सुन प्यारी साँझ पर्दा नआउ!१!

कोमल त्यो वदनमा घाउ बन्न के बेर ?

छिचोल्दै यो काँडाघारी साँझ पर्दा नआउ!२! 

दुनियाको नजर छल्दै आएकी छ्यौ एक्लै 

जाला इज्जत एक्ली नारी साँझ पर्दा नआउ!३! 

कुरा काट्ने समाजलाइ  किन दिनु काट्न 

दिउसै आउ सोचीबिचारी साँझ पर्दा नआउ!४! 

जोगाउनु छ थोरै इज्जत यि गाँउलेको माझ  

हेक्का राख दुनियाँदारी साँझ पर्दा नआउ!५!  


गजल २ 
वाध्यता त छँदै थियो झन् पीर थपिएछ 
हुर्केकी थि छोरी घरमा मंसिर थपिएछ !१! 

रातै भरी खोक्नु हुन्छ दमका रोगी बुवा 
यस्तो लाग्छ चौकीदारको जागिर थपिएछ  !२! 

यै कारणले ज्योतिषीले भाग्यमानी ठाने 
भारिबोक्दा निधारमाथी लकिर थपिएछ!३! 

यी टाउकामा फेरी ऋण थपिदैछ साथी
कारण उही मन्त्रि ज्युको घुमफिर थपिएछ !४! 

अभाब बोकी जन्म्यो गाँउले दु:ख खेप्दै मर्यो 
संघर्ष मै गरिव मर्ने नजिर थपिएछ !५! 

गजल ३ 
नदिनाला बेचिदिन्छ्न खानि बेचीदिन्छन 
यि नेता हुन देश जलाई खरानी बेचीदिन्छ्न!१! 

वालुवाटार बेचे अरे आरे सुन्नु भयो ?
नतर्सिनुस् सत्तासामु आमा नि बेचीदिन्छ्न!२! 

सर्खार भन्छ बिदेश बस्ने युवा फिर्ता ल्याँउछु 
मन्त्री ज्यु नै श्रम गर्दै राहादानी बेचीदिन्छ्न!३! 

मैले खाडीमा पसिना बेची खुशी किनेको छु 
कसैले त खुशी किन्न जवानी बेचीदिन्छन!४! 

नयाँ दौरा फेर्ने रहर बा को पनि हुन्छ 
सन्तानको खातिर बर्ष्यानी बेचीदिन्छ्न!५! 


 गजल ४ 
छन त छ यो छातीमा पीडा असहय छ 
सोध्नेलाई त भन्नै पर्‍यो मंगलमय छ !१! 

कता छिर्ला छोरो चिन्ता यही लाग्छ 
बेस्यालय सामुन्नेमा बिद्यालय छ !२! 


दु:खमा नि मुस्कुराउन सिक्नु पर्छ 
जीवन एक रङमञ्च हो अभिनय छ!३! 


हिजो जस्तो थिएँ आज उस्तै छु म 
बदलिने त मौसम छ समय छ !४! 

खोइ कसरी इमान्दार होला छोरो 
भ्रस्टलाई जो फूलमाला छ् जयजय छ!५!  


गजल ५
बाँझै देख्छु खेतवारी किसान हराएछ 
खेती गरी जहान पाल्ने निदान हराएछ!१! 

छाती पिट्दै बुडी आमा रुन्थिन आँगनिमा 
बिदेशबाट छोरो आ'को बिमान हराएछ !२!  

दियो वाल घण्टा बजाउ नहेर भो पूजारी 
तिम्रै सामु मन्दिरबाट भगवान हराएछ !४! 

रगत बेची पठाए थ्यो उझुरी काँ गह्रोस?
पैसा संगै परदेसीको जहान हराएछ !४! 

सिंह दरवार संगै स्याल गाँउ छिरे देखी 
गाँउलेको ओठ बाट मुस्कान हराएछ !५! 

जीतु खड्का गाँउले 
मोरङ उर्लाबारी 
हाल-साउदी अरब 
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: