Pages

Thursday, March 28, 2019

गजल

भन्नेले त यसै भन्छन् यो मान्छे त बौलाहा छ
सर्पको खुट्टा सर्पले नै देख्छ मलाई यती थाहा छ!!

एउटी नारी गजलको मञ्चमाथी के उभ्भेकी थिन्
गजल वाचन गर्नु अघी नै मेहफिलमा वाहा वाहा छ !!

मैले कहाँ उजुरी गर्दा न्याय पाँउछु सर्खार?
पीडित छु छिमेकी देखी मिचाह छ हेपाहा छ!!

यो कारणले मान्छेहरु खुशी रहन सक्दै सक्दैन 
किन कि उ भित्र इर्श्या छ जलन छ रिस डाहा छ!!

अलिकती ऋण चाहिएको छ रुँदै भने मौलानाले 
दाईजो दिनु पर्छ 'काजी' साहब छोरीको निकाहा छ!!
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: