Pages

Thursday, February 03, 2011

गजल

माँया मैले के गर्नु र चित्त तिम्रो दुखे पछी
खुशी मैले के गर्नु र शिरै तिम्रो झुके पछी |१|

कच्चा धागो रै'छ मुटु खुशी फुट्यो सिसा सरी
रुप मैले के गर्नु र आँशु तिम्रो सुके पछी |२|

माँया मात्रै माग्दा मैले ज्यानै लैजा भन्छौ तिमी 
जिउ मैले के गर्नु र चाह तिम्रो लुके पछी |३|

भुल्नै गार्हो कल्पनामा कल्पी बस्छु अझै पनि
याद मैले के गर्नु र आशा तिम्रो टुटे पछी |४|

सँगै बाँच्ने सँगै मर्ने बाचा तिम्रा कता गए  ?
एक्लो यात्री जीतु अब हात तिम्रो छुटे पछी |५|

जीतु खड्का (गाँउले )
मोरङ उर्लाबारी
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: