आँखा भित्र राखे माँया पोखिने पो हो कि |१|
कहाँ राखुँ यती धेरै समालेर माँया
हत्केलामा राखे माँया ठोकिने पो हो कि |२|
गार्हो पर्यो तिम्रो माँया समालेर राख्न
अन्जुलीमा राखे माँया जोखिने पो हो कि |३|
फुल जस्तै रै छ माँया फक्रिएर झर्ने
मुठ्ठी कसी राखे माँया रोकिने पो हो कि |४|
जीतु खड्का (गाँउले )
मोरङ उर्लाबारी
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish
0 सुझाबहरु:
Post a Comment