Pages

Wednesday, February 23, 2011

गजल

बेरोजगारी शहरमा हल्लिदै'छु अझै पनि
मंहगीको चपेटामा डल्लिदै'छु अझै पनि ||


स्वास्थ्य शिक्षा मुल नारा भुक्नेहरु भुक्दै थिए
कुपोषण दादुरामै थल्लिदै'छु अझै पनि ||


खोक्रा अनी चर्का नारा दास प्रथा अन्त्य गर्ने
दासत्वको टिका थापी दल्लिदै'छु अझै पनि ||


डर लाग्छ मर्न लाई मृत्‍यु सैया परे पनि
बोकी लास काल संगै छल्लिदै'छु अझै पनि ||


जीतु खड्का (गाँउले )
मोरङ उर्लाबारी
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: