Pages

Wednesday, February 23, 2011

गजल

माँया फुल्ने मुटु उस्तै चित्त तिम्रो भिन्नै रै'छ
खुशी डुल्ने छाती उस्तै पित्त तिम्रो भिन्नै रै'छ |१|


दु:ख  सुख सहारा हो  उस्तै   हुन्छ पिडा हरु
ओत लाग्ने छानो उस्तै भित्ता तिम्रो भिन्नै रै'छ |२|


सातै जुनी संगै बाँच्ने खोइ तिम्रा बाचा हरु ?
खुशी फुल्ने बारी उस्तै कित्ता तिम्रो भिन्नै रै'छ |३|


बाँचुन्जेल तेरा मेरा मरे पछी खाउ बाइ केरा
सास गए लास उस्तै चिता तिम्रो भिन्नै रै'छ |४|


पानी घट्टा घुमे सरी घुमी रहे सेरिएर
दु:ख पिस्ने घट्टा उस्तै फिता तिम्रो भिन्नै रै'छ |५|


जीतु खड्का (गाँउले )
मोरङ उर्लाबारी
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: