Pages

Wednesday, February 23, 2011

गजल

बोको बाँधी दाँई हुन्न
गधा धोइ गाई हुन्न ||


संसारको रितै यस्तो
धोती च्याती टाइ हुन्न ||


बिष रोपे फल्छ अमृत ?
काँडा बिच जाइ हुन्न ||


काटे मारे आफ्नै जाती
शत्रु कदा भाई हुन्न ||


आज केटो भोली बुढो
जुनी संधै स्थाइ हुन्न ||


राजा पनि ढल्छ यहाँ
ठुटे नेता शाही हुन्न ||


 जीतु खड्का
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: