Pages

Wednesday, February 23, 2011

गजल

चुदै थियो छाप्रो मेरो आँफै मैले छाप्दै थिएँ
जल्दै थियो मुटु मेरो आँफै मैले ताप्दै थिएँ |१|


घाऊ माथि चोट पर्‍यो फेरी बस्यो नयाँ खाटो
पिडा हरु बड्दै थिए आँफै मैले खाप्दै थिएँ |२|


आफ्ना ले'नै लुटी सके लुक्न जाउ कता अब ?
चल्दै थियो सास मेरो आयु मैले नाप्दै थिएँ |३|


मर्ने मार्ने सबै यहाँ रगतैका प्यासी भए
झिकी मुटु भुङ्रो माथि आँफै मैले राप्दै थिएँ |४|


बेदनामा बग्यो आँशु कस्ले पुछी दिन्छ मेरो ?
आफ्नै आँशु अन्जुलिमा आँफै मैले थाप्दै थिएँ |५|


बाध्यतामा बेरिएर बाँच्न यहाँ गार्हो हुन्छ
खडेरीले पिल्सिएर म'त आँफै पाक्दै थिएँ |६|


चुदै थियो छाप्रो मेरो आँफै मैले छाप्दै थिएँ
जल्दै थियो मुटु मेरो आँफै मैले ताप्दै थिएँ


जीतु खड्का (गाउले)
मोरङ उर्लाबारी
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: