Pages

Wednesday, February 23, 2011

गजल

गरी खाने जिन्दगीमा बास छैन जिन्दगीको
झरी जाने जिन्दगीमा लास छैन जिन्दगीको |१|


पल - पल हर -पल जिउदैमा मरी सके
मरी जाने जिन्दगीमा सास छैन जिन्दगीको |२|


यता उता कता कता भौंतारिए छट्पटिमै
टरी जाने जिन्दगीमा त्रास छैन जिन्दगीको |३|


खुशी जती समेटेर लुटी लगे निस्ठुरिले
हरी लाने जिन्दगीमा आश छैन जिन्दगिको |४|


*****************
जीतु खड्का (गाँउले )
मोरङ उर्लाबारी...
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: