Pages

Wednesday, February 23, 2011

गजल

मुटु भरी ब्यथा थियो लुकाएर हाँस्नु पर्‍यो
आँखा भरी आँशु थियो सुकाएर हाँस्नु पर्‍यो |१|


प्रश्न हरु धेरै थिए   मुटु   भित्रै थाँती भयो
मन भित्र गाँठो थियो फुकाएर हाँस्नु पर्‍यो |२|


ओभाएको छैन घाऊ मुटु भरी खाटो बस्यो
हिर्दयमा घाऊ थियो दु:खाएर हाँस्नु पर्‍यो |३|


तोडी गयौ बाचा सबै दोष जती थुपारेर
शिर मेरो ठाडो थियो झुकाएर हाँस्नु पर्‍यो |४| 


जीतु खड्का (गाँउले )
मोरङ उर्लाबारी 
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: