Pages

Sunday, February 27, 2011

"संयुक्त गजल लेखन"

हलो कुटो चलाएरै पाल्छु बरु लालाबाला
कोदो मकै फलाएरै पाल्छु बरु लालाबाला 
(जितु खड्का गाउँले )

चाहिँदैन सुख पुग्यो परिवार सँगै भए
आफ्नै ज्यान गलाएरै पाल्छु बरु लालाबाला ( जोय ठकुरी)


गरिबीको भारी बोक्छु जति दुःख परे पनि
चिसो चुल्हो जलाएरै पाल्छु बरु लालाबाला (जितु खड्का गाउँले)

सुख चाहे टाढा भागोस् दुःखले नै जेलिरहोस्
घामपानी छलाएरै पाल्छु बरु लालाबाला (भक्तिप्रसाद पौडेल )

त्यागी दिन्छु चाह मेरो दु:खै भित्र रमाउला
आफ्नै खुशी ढलाएर पाल्छु बोरु लाला बाला ||- जीतु खड्का

संम्बन्ध नि राम्रो राख्छु सहयोगी बन्छु म त
इष्टमित्र ललाएरै पाल्छु बरु लालाबाला || अतृप्त कमल


Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: