Pages

Wednesday, March 16, 2011

गजल

दिलको ढोका खुल्लै राखे कोइ आई पस्नै थियो
दुध दिदै पाले सर्प मैले आँफै लाई डस्नै थियो ||


छुन खोज्दा उडी जाने रहरको बानी रै'छ
तारा मैले सजाए'थे मिर्मिरेमा खस्नै थियो ||


न'त भोक न'त तिर्खा ज्यानै सुकी जाने भयो
पिरतिमा जोगी भए खरानी त घस्नै थियो ||


लुटी गए खुशी सबै दिनै रात हुन लाग्यो
लुटाएछु उज्यालो चै अंधेरिमा बस्नै थियो ||


जीतु खड्का (गाँउले )
मोरङ उर्लाबारी
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: