आँफै रेट्यौ आफ्नो खुशी गयौ जातै छोडेर |१|
आफ्नै ठानी माँया गरे तिमी रैछौ निस्ठुरी
आँफै मेट्यौ बाटो हरु गयौ हातै जोडेर |२|
किन दियौ झुटो आशा सँगै बाँच्ने भनेर
आँफै देख्यौ अन्तै दैलो गयौ नातै तोडेर |३|
एक्लो परी छट्पटाइ बसेको छु रोएर
आँफै टेक्यौ मुटु माझ गयौ सासै सोरेर |४|
पुरी दियौ जिउदै मलाई झारी खाल्डोमा
आँफै लेख्यौ दु:खी कर्म गयौ लाशै फोरेर |५|
आँफै भेट्यौ आफ्नो लक्ष्य गयौ बाटै मोडेर
आँफै रेट्यौ आफ्नो खुशी गयौ जातै छोडेर
जीतु खड्का (गाँउले )
मोरङ उर्लाबारी
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish
0 सुझाबहरु:
Post a Comment