Pages

Thursday, March 31, 2011

गजल ९६

फुल जस्तै रै'छ जिबन फुलेपछी झर्नु पर्ने
सम्झौता नै रै'छ जिबन जन्मेपछी मर्नु पर्ने||


हिंड्न् लाई नसकेनी बैसाकीको साहारामा
बाध्यता नै रै'छ जिबन घस्री घस्री सर्नु पर्ने ||


आफ्नो आफ्नो भाग्य होला भोग्नै पर्ने परे जती
यथार्थ नै रै'छ जिबन दु:ख सुख गर्नु पर्ने ||


फुल मात्र हुन्न जिबन काँडा पनि सम्झे हुन्छ
बिबस्ताको भेल जिबन जसरी'नि तर्नु पर्ने ||


जीतु खड्का (गाँउले )
मोरङ उर्लाबारी
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: