Pages

Thursday, March 31, 2011

गजल ९७

धिपी धिपी जलीरहें ज्योती छर्न सकिएन
बिधाताको सिर्जनामा कला भर्न सकिएन |१|


दु:ख संग लड्दा लड्दै पछारिए गरीबीमा
गरीबीको कुम्लो फ्याँकी बसाँई सर्न सकिएन |२|


जेलिएछ खुशी सबै   आँशु रुपी भुमरीमा
आफ्नै सामु डुब्यो खुशी उद्दार गर्न सकिएन |३|


बेदनाको छाल हरु उर्ली आए मुटु भित्र
किनरामै फंसेको'छु पारी तर्न सकिएन |४|


क्षितिजको लाली टिप्ने चाह बोकी हिडि रहें
जित मेरो लक्ष्य थियो पीडा हर्न सकिएन |५|


जीतु खड्का ( गाँउले )मोरङ उर्लाबारी

Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: