जरै मेरो काटे हुन्छ ,हाँगा किन लुछ्नु पर्यो ?
पाए सम्म चुसी रहने,उपियाँ झै तिम्रो बानी
मुटु मेरो झिके हुन्छ,रगत किन चुस्नु पर्यो ?
खुशी जती बाल्यौ आगो,रमिता'भो दुनियाको
मनको भित्तो फोरे हुन्छ,भित्र किन घुस्नु पर्यो ?
कसरी'पो बाँच्नु मैले खुशी जती लुटाएर
सेतो कात्रो ल्याए हुन्छ,टिका किन मुछ्नु पर्यो ?
जीतु खड्का (गाँउले )मोरङ उर्लाबारी
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish
0 सुझाबहरु:
Post a Comment