कुरितीको डोको नाम्लो फाले हुन्छ नारीले |१|
नर नारी बराबरी हक मात्र तेत्तिस
संबिधानका यस्ता धारा बाले हुन्छ नारीले |२|
कती बस्छौ दासी बनी चुल्हो चौका गरेर
आंत्माबलको एक ईटा हाले हुन्छ नारीले |३|
अमृत रोप्छौ बिष फल्छ कती बस्छौ गोडेर
भेदभाब फल्ने बृक्ष ढाले हुन्छ नारीले |४|
कती बस्छौ घुम्टो ओडी अत्याचार सहेर
कमजोर फाटेको मन टाले हुन्छ नारीले |५|
जीतु खड्का (गाँउले )
मोरङ उर्लाबारी
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish
0 सुझाबहरु:
Post a Comment