Pages

Friday, April 22, 2011

गजल

पानी सुक्दा पंधेरिमा भेट्न आउ तिमी
जुन लुक्दा अंधेरीमा भेट्न आउ तिमी |१|


पिडा उस्तै मुटु हाम्रो भिन्न भए पनि
मुटु दुख्दा मझेरीमा भेट्न आउ तिमी |२|


जता ततै हरियाली सबै झुमेकै छन
झर्दा फुल खडेरीमा भेट्न आउ तिमी |३|


फुले पछी झर्नु पर्ने फुल जस्तै जुनी
मुर्दा राख्ने घडेरीमा भेट्न आउ तिमी |४|


जीतु खड्का (गाउले)
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: