Pages

Friday, April 22, 2011

गजल

हलो अड्क्यो जिन्दगीको, गोरु कुट्नु ब्यर्थै थियो
दु:ख खड्क्यो जिन्दगिमा ,चर्की फुट्नु ब्यर्थै थियो |१|


चिरा पर्‍यो खुशी भित्र दैव दशा लागेकै हो
मुटु सड्क्यो अनायासै, साथ छुट्नु व्यर्थै थियो |२|


कती झेल्नु दासी जिबन माँगे मैले आफ्नो हक
जिब्रो फट्क्यो अन्यायमा माथि उठ्नु ब्यार्थै थियो |३|


फुट्नु थियो कसे पछी ,जनता आए सडकमा
आगो सल्क्यो बिद्रोहको,गोली ठोक्नु ब्यार्थ थियो |४|


जीतु खड्का(गाँउले)
मोरङ उर्लाबारी
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: