Pages

Friday, April 22, 2011

गजल

हर हरी आँत जल्दा छहरा'नै प्यारो लाग्छ
संम्बन्धमा बाँधी राख्ने लहरा'नै प्यारो लाग्छ |१|


जहाँ जन्मे त्यही हुर्के त्यही मेरो कर्म थलो
त्यो बाँदर नाँच्ने भिर पहरा'नै प्यारो लाग्छ |२|


भत्केको छ घरको भित्तो चिसो हावा छिर्दै गर्छ
खुशी झुल्छ झुपडीमा टहरा'नै प्यारो लाग्छ |३|


आफ्नो भन्दा गर्ब लाग्छ माँया पनि उस्तै हुने
ताजमहल भन्दा पनि धरहरा'नै प्यारो लाग्छ |४|


जीतु खड्का (गाउँले)
मोरङ उर्लाबारी
हाल-साउदी अरब




नेपालीको सान

Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: