Pages

Friday, May 20, 2011

गजल (घ्यालको तरही मुसराय बाट )

सिखरमा चडाएर फेरी किन झार्यौ भन
मुटु भित्र राखेकै'थे माँया किन मार्यौ भन |१

|
मझेरिमा आयौ तिमी गोधुलिको साँझ थियो
हृदयमा बास दिंए डेरा किन सार्यौ भन |२ |


सातै जुनी साथ हिंड्ने बाचा गरे पछी फेरी
तिम्रा आफ्नै डुब्दै थिए अरु किन तार्यौ भन |३|


छानो एकै मानो एकै खाने थाली भिन्न पर्यौ
एउटै थियो बस्ने डेरा भित्तो किन बार्यौ भन |४|


जीतु कुनै खेलौना हो खेलाएर गयौ तिमी
चित तिम्रै पोट तिम्रै फेरी किन हार्यौ भन |५|


जीतु खड्का(गाँउले )
मोरङ उर्लाबारी
हाल - अल साफि कम्पनी
साउदी अरब
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: