Pages

Friday, April 22, 2011

गजल

सेतो सारी निलो चुरा,त्यो सिउदो खाली थियो
नियतिले चुड्यो फुल,बगैचाको माली थियो |१|


हात   बाँधी हेरी   रहे, समाजका   ठुला बडा
रातो चुरा फोरी दिने ,त्यो समाज जाली थियो |२|


अलक्षिनी राणी बोक्सी ,कस्तो कस्तो नाम दिए
समाजले हेला गरी ,ओकलेको गाली थियो |३|


कती बस्यौ अंध्यारोमा ,मोती सरी आँशु पोखी
इच्छा हरु दहन गरी,आँशु बग्ने नाली थियो |४|


मक्किएको सोंच फालौ ,जरै बाट उखालेर
कुइएको जरा माथि ,बोटै थाम्ने डाली थियो |५|


जीतु खड्का (गाँउले )
मोरङ उर्लाबारी
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: