दुई भित्ते टालो बेर्छौ,टाइ सुटको कुरा गर्छौ |१|
आँफै लाई युग ठान्यौ,रितिरिवाज बिर्सी गयौ
पती लाई लात हान्छौ,मन्दिर मठको कुरा गर्छौ |२|
लक्ष्य लिन्छौ जुन टिप्ने,पाइला चाल्छौ खाल्डो तिर
एकान्तमा रमाउथ्यौ ,जमघटको कुरा गर्छौ |३|
सत्य के हो थाहा छैन,झुटको खेती गर्दै गर
गाला भरी पिठो घस्दै,भेडी गोठको कुरा गर्छौ |४|
राम नाम जपी बस्छौ,बाँधेर छुरा कम्मरैमा
करौतीले मुटु रेट्छौ ,फेरी चोटको कुरा गर्छौ |५|
जीतु खड्का (गाँउले )
मोरङ उर्लाबारी
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish
0 सुझाबहरु:
Post a Comment