Pages

Friday, April 22, 2011

गजल

फाटेको यो जिन्दगी लाई टाल्न खोज्दा भुत्रो हुन्छ
निभेको यो जिन्दगी लाई बाल्न खोज्दा भुत्रो हुन्छ |१|


ठेस लाग्छ पाइला पिछे ,तङ्रिन'नै गार्हो भयो
लर्खरिने पाइला हरु चाल्न खोज्दा भुत्रो हुन्छ|२|


कहाँ सुरु कहाँ खतम,थहा छैन आफ्नै कथा
टुङिएको जिबन यात्रा थाल्न खोज्दा भुत्रो हुन्छ |३|


एकान्तमा टोलाई बस्छु,अँध्यारो त्यो कोठा भित्र
चिलाउने त्यो सुके लुतो फाल्न खोज्दा भुत्रो हुन्छ |४|


जीतु खड्का(गाँउले)
मोरङ उर्लाबारी


Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: